पोखरा । विभागीय टोली नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
एपीएफका लागि रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेका थिए । यस्तै, बीवाईएससीका मिगल पेलाफक्सले एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४७औँ मिनेटमा बीवाइएससीका पेलाफक्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमार्फत गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ८४औं मिनेट र इन्जुरी समयमा रवीले लगातार दुई गोल गर्दै एएफसीलाई ३–१ गोलको जित दिलाए । एपीएफले आयोजक सहारालाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो भने बिवाइएससीले सिधै क्वाटरफाइनल खेलेको हो ।
अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिता अन्र्तगत आइतबार मनाङ मस्र्याङ्दी क्लव र नेपाल पुलिस क्लवविच खेल हुने आयोजक सहारा क्लव पोखराले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







