नेकपा(एकीकृत समाजवादी)को मादी गाउँपालिका अध्यक्षमा सापकोटा


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कास्कीको मादी गाउँपालिकामा पालिका कमिटी गठन गरेको छ।

गाँउपालिकाको शनिबार सम्पन्न भेलाले घननाथ सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय गाँउपालिका कमिटी गठन गरेको छ।

उक्त कमिटीको उपाध्यक्षमा साजन तामाङ, सचिव दुर्गा भुजेल र उपसचिव दुर्गा थपलिय छन्।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एस) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री तुलबहादुर गुरुङले जनताको पक्षमा ईमान्दार साथ कृयाशिल भएर समाजवादको लक्ष्य भेट्टाउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।