कास्की काँग्रेसको कोषाध्यक्षमा माइकल कर्माचार्य


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेस कास्कीको कोषाध्यक्षमा व्यावसायी माइकल कर्माचार्य नियुक्त भएका छन्।

शनिबार बसेको जिल्ला समितिको बैठकमा पार्टीका जिल्ला सभापति किशोरदत्त बरालले कर्माचार्यलाई कोषाध्यक्ष नियुक्त गर्न राखेको प्रस्ताव पारित भएको सचिव भानु ढकालले जानकारी दिएका छन्।

कर्माचार्य ग्रुपका निर्देशक माइकलले जिल्ला कार्यसमितिको निर्वाचनमा खुलाबाट सदस्य जितेका थिए। काँग्रेस विधानमा निर्वाचित सदस्यमध्ये एकजनालाई सभापतिले कोषाध्यक्ष नियुक्त गर्न सक्ने प्रावधान छ।

बैठकले पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारीलाई जिल्ला प्रशिक्षण शाखाको संयोजक तोकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।