राष्ट्रियसभा निर्वाचनः आइतबार मध्यरातदेखि मौन अवधि सुरु


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि हिँजो (आइतबार) राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

मौन अवधिभर निर्वाचन प्रसार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामाग्री हटाउनु पर्नेछ।

आयोगका अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगले जनाएको छ। उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा मौन अवधि र मतदाता पहिचान सम्बन्धमा विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएको हो। आयोगले निर्वाचन प्रयोजनका लागि निर्वाचन मण्डलको अन्तिम मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदानका लागि आवश्यक कागजपत्र तय गर्न भनेको छ। मतदानको व्यवस्था मिलाउनका लागि सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत आयोगले दिइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।