नेलम्बो नेपाल पोखराद्धारा कोरोना सँक्रमित तथा सरुवा रोग अस्पताललाई सहयोग


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




कास्की । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले तेस्रो लहरका रुपमा फैलिएको नयाँ भेरियन्ट आक्रमक रुपामा समुदाय स्तरमा फैलि सकेको हुँदा फरक तरिकाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत संस्थाले लेखनाथमा रहेको संक्रमण तथा सरुवारोग अस्पताललाई सहयोग गरेको छ ।

अस्पतालललाई डिस्पोजिवल माक्स ५०० पिस, के.एन ९५ माक्स ५०० पिस, सेनिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० पिस, डिस्पोजिवल पन्जा १० प्याकेट, पिपिइ १० पिस, स्प्रे बोतल १० पिस, व्याट्री १० जोर, कोभिड १९ सचेतना व्यानर २ पिस गरि करिव ७५ हजार भन्दा बढी रुपैया बरवरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको संस्थाका अप्रेसन कोडिनेटर विदित शाहले बताए ।

साथै अस्पतालका ४ जना स्वास्थ्यकर्मी ( रेडियो ग्राफर १ जना, स्र्टाफ नर्स १ जना, ल्याव टेक्निसियन २ जना)लाई ६ महिनाको लागि सहयोग गर्ने सम्झौता भएको छ । संस्थाका अध्यक्ष एक देव देवकोटा र संक्रामक रोग तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनविच आगामी दिनमा कोभिड–१९ आइसोलेसन वार्डहरु स्थापना गरेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु आवश्यकता र संस्थाको क्षमता अनुसार प्रदान गर्ने लगाएतका विषयमा सम्झौता भएको हो ।

संस्थाले कोभिड–१९ सँग सम्बन्धीत कार्यक्रमहरु सुरुवाती चरणहरुबाट गर्दै आईरहेको र कोभिड–१९ को पहिलो र दोस्रो लहरमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, सञ्चार कर्मी, कास्की जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु, स्थानीय तह, विभिन्न पालिकाका वडाहरु र स्वास्थ्य चौकीहरु विभिन्न संघ संस्था तथा सरकारी कार्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरि स्वास्थ्य सजग रहन लगाएत विभिन्न सहयोगहरु गर्दै आईरहेको छ ।

यसका साथै समस्यामा परेका अपाङ्ग तथा विपन्न परिवारलाई खाद्यराहात सामग्रीहरु हस्तान्तरण गरि दैनिक जीवन यापन सहज वनाउनको लागि सहयोग पु¥याएको छ भने विभिन्न स्थानहरुमा कोभिड–१९ सम्बन्धी सचेतनाका कार्यक्रमहरु गर्दै आईरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।