कर्मचारीमा कोरोना देखिएपछि प्रशासनको सेवा बन्द


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




स्याङजा । जिल्ला प्रशासन कार्यालय स्याङजामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै त्हाबाट प्रवाह हुँदै आएका अत्यावस्यकबाहेकका सेवा बन्द गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै आज (सोमबार) देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिए ।

कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको, केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको र अन्य केही कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा÷अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था दर्ता÷नवीकरण, हातहतियार नवीकरणजस्ता सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सहायक प्रजिअ शर्माले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।