गण्डकीमा पछिल्लो २४ घण्टामा गण्डकीका थप ९४९ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५६ जना, तनहुँका १०० जना, गोरखाका २५ जना, लमजुङका ९६ जना र नवलपुरका ४७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ७५ जना, पर्वतका ७८ जना, बाग्लुङका नौ जना, म्याग्दीका ४९ जना र मुस्ताङ जिल्लाका चार जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९४ हजार ९५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १८६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ८०१ पुगेको छ। भने, अहिले प्रदेशभर ५ हजार ७२५ सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३३ रहेको निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







