पोखरा, माघ १०
जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि केहि सेवा मात्र बन्द गरेर सेवा दिइरहेको कार्यालयले आइतबार थप कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जारी गरेको सूचनामा भनिएको छ,‘कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा रहेको र थप कर्मचारीमासमेत लक्षण देखिएकाले शान्ति सुरक्षा, मुद्धा ब्यबस्थापन, विपद ब्यबस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ गतेदेखि स्थगन गरिएको जानकारी गराइन्छ ।’
यसअघी जिल्ला प्रशासन कार्यालय कास्कीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि राहदानी, राष्ट्रिय परिचय पत्र दर्ता फाँट र पेन्सन पट्टा सिफारिस विभागको सेवा बन्द गरेको थियो । तर थप कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि थप सेवापनि बन्द गरेको प्रशासनले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै…





