पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’का आइतबारका बिजेता अन्नपूर्ण गाउँपालिका – ११ घान्द्रुकका भिमबहादुर मगरलाई पुरस्कृत गरिएको छ ।
सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लव र नेपाल पुलिस क्लवविचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएका मगरलाई सोमबार गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहदुर गुरुङले पुरस्कृत गरका हुन् ।
रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप विशेष कार्यक्रममार्फत विजेता घोषित भएका मगरलाई सोमबार पोखरा रंगशालामा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्रदान गरिएको रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।
यसैविच सोमबार सोधिएको प्रश्नको अनुमानित उत्तर दिनेहरु मध्येबाट निसीखोला गाउँपालिका – ५ निस्सी, बाग्लुङ घर भई हाल पोखराको विन्ध्यावासिनी बस्दै आएका बिरम कुमार बुढा मगर विजेता घोषित भएका छन् । सोमबारको खेलमा मछिन्द्र क्लवले जित्ने अनुमान गरेका मगर गोला प्रथा मार्फत विजयी घोषित भएका हुन् । उनलाई मंगलबार पोखरा रंगशालामा पुरस्कृत गरिने छ ।
सोमबार भएको खेलमा साविक विजेता संकटालाई ४–१ गोलले हराउँदै मछिच्द्र सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब आजको प्रश्न :
एफएफले माघ ११ गते मंगलबार हुने थ्रि स्टार क्लव र विभागिय टोली नेपाल आर्मी क्लवविचको खेल कस्ले जित्ला ? यसमा सहभागि हुन थ्रि स्टार क्लवले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL A टाइप गरि ३४००१ वा नेपाल आर्मी क्लवले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३४००१ मा पठाउन सकिनेछ ।
अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन साढे ७ बजे प्रशारण गरिने आहा रारा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा।लि।को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।
एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहने गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला रु भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको रोवा ब्राण्डको एन्ड्रोइड स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।
यसअघि एफएमले अनुमानित सहि उत्तर दिने पोखरा–१३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा – १५ का १५ गलेश्वरका उम्मिद शाक्य र कास्कीको मादी गाउँपालिका–४, थुमाको डाँडाका सम्भुशरण सापकोटालाई पुरस्कार प्रदान गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







