तनहुँ । जिल्ला प्रशासन कार्यालयले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ । कोभिडको सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे ।
सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपाले गरी सेवाग्राहीलाई सेवा दिन व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए ।
उनका अनुसार आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । त्यसैगरी सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी तथा भिमाद नगरपालिका र म्याग्दे, ऋषिङ तथा घिरिङ गाउँपालिकाको लागि पालो मिलाइएको बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







