आहा रारा गोल्डकप ‘गेस एण्ड विन’ विजेता विरम बुढामगर पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित




पोखरा । एभरेस्ट एफ।एम।९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’का सोमबारका बिजेता निसीखोला ५ लिर्तुङ ,बागलुङका विरम बुढा मगरलाई पुरस्कृत गरिएको छ ।

सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा रारा गोल्डकपमा संकटा क्लव र मछिन्द्र क्लवविचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएका मगरलाई मंगलबार तमुँधि युकेका अध्यक्ष तथा साहारा क्लव युकेका सल्लाहकार हितकाजी गुरुङले पुरस्कृत गरका हुन् ।

रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप विशेष कार्यक्रममार्फत विजेता घोषित भएका मगरलाई मंगलबार पोखरा रंगशालामा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा।लि।को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्रदान गरिएको रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।

यसैविच मंगलबार सोधिएको प्रश्नको अनुमानित उत्तर दिनेहरु मध्येबाट पोखरा १७ निवासी सरस्वती सुवेदी विजेता घोषित भएका छन् । मंगलबारको खेलमा नेपाल आर्मिले जित्ने अनुमान गरेकी सुवेदी गोला प्रथा मार्फत विजयी घोषित भएकी हुन् । उनलाई बुधबार पोखरा रंगशालामा पुरस्कृत गरिने छ ।

अब आजको प्रश्न :

एफएफले माघ १२ गते बुधबार हुने विनाविभागीय टोली एपिएफ र मछिन्द्र क्लवविचको खेल कस्ले जित्ला रु यसमा सहभागि हुन एपिएफले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL B टाइप गरि ३४००१ वा मछिन्द्र क्लवले जित्छ भन्ने लाग्नेले GOAL A  टाइप गरि ३४००१ मा पठाउन सकिनेछ ।

अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन साढे ७ बजे प्रशारण गरिने आहा रारा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा।लि।को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।

एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहने गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला रु भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको रोवा ब्राण्डको एन्ड्रोइड स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।

यसअघि एफएमले अनुमानित सहि उत्तर दिने पोखरा–१३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा – १५ का १५ गलेश्वरका उम्मिद शाक्य र कास्कीको मादी गाउँपालिका–४, थुमाको डाँडाका सम्भुशरण सापकोटा र कास्कीको अन्नपूर्ण गाउँपालिका – ११ घान्द्रुकका भिम बहादुर मगरलाई पुरस्कार प्रदान गरिसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।