तस्बिर : सुदर्शन रञ्जित/सहारा
पोखरा, माघ ११
विभागीय त्रिभूवन आर्मी क्लव पोखरामा जारी २० औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लवलाई १–० गोलले हराउँदै आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो । हारसँगै पाँच पटकको उपाधि बिजेता थ्रीस्टार पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि जितेको थियो । धेरै पटक फाइनल पुगेपनि आर्मीले हालसम्म उपाधि जित्न सकेको छैन ।
मंगलबारको खेल सकिएसँगै सहारा क्लव पोखराको आयोजनामा पोखरामा जारी आहा ! रारा गोल्डकपमा सेमीफाइनल समीकरण पूरा भएको छ । यसअघी मनाङ मस्र्याङ्दी क्लव, सशस्त्र प्रहरी बलको एपिएफ क्लव र मच्छिन्द्र क्लव आहा ! रारा गोल्डकपको अन्तिम ४ मा पुगिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबारदेखि सेमीफाइनल खेल शुरु हुनेछ । बुधबार हुने पहिलो सेमीफाइनलमा एपिएफ क्लव र मच्छिन्द्र क्लव आमनेसामने हुनेछन् । मंगलबारको बिजेता त्रिभूवन आर्मी क्लवले विहीबार मनाङमस्र्याङ्दीको सामना गर्नेछ ।
आर्मी र थ्रीस्टारबीच मंगलबार भएको अन्तिम क्वाटरफाइनल रोमाञ्चक भएको थियो । प्रतिष्पर्धात्मक खेलमा आर्मीका राजिव गुरुङले निर्णायक गोल गरे । उनले खेलको ७० औं मिनेटमा एक मात्र गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । गोलको खडेरी परेका बेला फरवार्ड जर्ज प्रिन्स कार्कीको लामो पासलाई नियन्त्रणमा लिदै राजीवले सजिलै जाली चुमाए ।
गोल गर्न थ्रीस्टार क्लबका सबै खेलाडी अगाडि बढेका थिए । तर अचानक काउन्टर अट्याक हुँदा थ्रीस्टार क्लव स्तब्ध भयो । अग्रपंक्तिका खेलाडीसँगै थ्रीस्टारका गोलकिपर प्रिसो पनि अगाडि बढेको अवस्थामा राजिवले फाइदा उठाए । गोलकिपर प्रिसोको गल्तीमा जर्ज प्रिन्स कार्कीले दिएको पास बललाई एक्लै अगाडि बढाएका गोलकिपर प्रिसोसँग वान भर्सेस वानमा सिधै पोष्टमा प्रहार गर्दा बलले जाली चुम्यो ।
निर्णायक गोलकर्ता राजिव मंगलबारको खेलमा प्लेयर अफ दी म्याच घोषित भए ।
योसँगै आहारारा गोल्डकपको थ्रीस्टार ५ पटकको च्याम्पियन थ्रीस्टार क्लब प्रतियोगिताबाटै बाहिरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







