फाइल तस्विर
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





