‘३ दिनभित्र सबै ठाउँमा सिटामोल’


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७८ मा प्रकाशित




काठमाण्डौं उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभएपनि अभाव भने नभएको पाइएको छ।

सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको ३ दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाई उत्पादकहरूको छ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गरेको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो।

३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला ४/५ दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा संचारमाध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दाबी गरे।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले मंगलबार ललितपुरका विभिन्न ठाउँमा अनुुगमन गर्ने क्रममा सिटामोल नै नपाउने अवस्था नरहेको बताए।

मंगलबार पाटन, सुमेरु, अल्कालगायतका अस्पताल र मंगलबजारका फार्मेसीमा सिटामोलको उपलब्धताबारे अनुगमन गरिएको जानकारी गराउँदै उनले भने, ‘सिटामोलको आपूर्तिमा केही समस्या रहेछ। स्टक कम। तर, सिटामोल नै नभएको अवस्था छैन। एक पाता सिटामोल लगभग सबैजसो फार्मेसीमा पाइन्छ।’

आमउपभोक्तालाई उपलब्ध सिटामोल कसैले मागेजति दिने र कसैले पाउँदै नपाउने अवस्था नआउने गरी बिक्री वितरणको व्यवस्था मिलाउन फार्मेसी संचालकलाई निर्देशन दिएको प्रजिअ उपाध्यायले बताए।

आजको गोरखापत्र दैनिकमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।