पोखरा, माघ १२
राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा सत्ता गठबन्धनले क्लिन स्वीप गरेको छ । राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेद्वार बिजयी हुँदै क्लिन स्वीप गरेका हुन् । गण्डकीबाट नेकपा माओवादी केन्द्रका दुई र नेपाली कांग्रेसका एक गरी तीनै जना उम्मेद्वारहरु बिजयी भएका हुन् । गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा नेकपा माओवादी केन्द्रका सुरेश आले मगर, भुवनबहादुर सुनार र नेपाली कांग्रेसका कमला पन्त बिजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा खुल्ला, महिला र दलिततर्फ एक÷एक सिटका लागि निर्वाचन भएको थियो । जसमा खुल्लातर्फ नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर बिजयी भएका छन् । उनले प्रतिष्पर्धी नेकपा एमालेका पून्यप्रसाद पौडेललाई ४०२ मतान्तरले पराजित गरे । बिजयी आले मगरले ३ हजार ९६ मतभार प्राप्त गरे भने पराजित पौडेलले २ हजार ६ सय ९४ मतभार प्राप्त गरे ।
महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त बिजयी भएकी छन् । उनले प्रतिष्पर्धी नेकपा एमालेका लिला पोख्रेल थनेतलाई ३६० मतान्तरले पराजित गरिन् । बिजयी पन्तले ३ हजार ८४ मतभार प्राप्त गरिन् भने पराजित थनेतले २ हजार ७ सय २४ मतभार प्राप्त गरिन् ।
त्यस्तै, दलिततर्फ नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार बिजयी भएका छन् । उनले नेकपा एमालेका अर्जुनकुमार सुनामलाई ३६० मतान्तरले पराजित गरे । बिजयी सुनारले ३ हजार ८४ मतभार प्राप्त गरे भने पराजित सुनामले २ हजार ७ सय २४ मतभार प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सप्तरीको राजविराज क्षेत्रमा कफ्र्यु…





