पोखरा–११ नं वडाको ६ कर्मचारीमध्ये ५ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




पोखरा महानगर अन्तरगतको एउटै वडा कार्यालयको सबै कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित बनेका छन्।

पोखरा ११ मा ६ जना कर्मचार रहेकमा ५ जना कोरोना संक्रमित भएका छन्। उक्त वडामा एक जना सहयोगीको भरमा कार्यालय संचालन भैरहेको बताइएको छ।

त्यस्तै, अन्य वडाहरुमा पनि कोरोना संक्रमणका कारण कर्मचारी संक्रमित भएका छन्। वडा अध्यक्षहरुले केही समय प्रभावत वडाहरुको सेवा बन्द गर्न महानगरपालिकासँग आग्रह समेत गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।