तनहुँ कोरोना अपडेटः ८६ संक्रमित थपिए


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




तनहुँमा बुधबार ८६ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये ४२ जना महिला र ४४ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

बुधबारसम्म जिल्लामा कोरोनाका ६ सय ५६ सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी अनुसार हालसम्म जिल्लामा १ सय ५२ जना कोरोना संक्रमितले ज्यान गुमाइ सकेका छन्।

जिल्लामा हालसम्म १८ वर्ष माथिका ९४ प्रतिशतले कोरोना विरुद्धको खोपको पहिलो मात्रा र ८३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। यसैगरी, १२ देखि १७ वर्षका ८२ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।