बैतडी बस दुर्घटनामा १३ घाईते, ३ को अवस्था गंभीर


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गंभीर रहेको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको समाचार छ। समाचार अनुसार दुर्घटनामा घाइते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।