आहा ! रारा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लव खेल्दै


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




पोखरा । सहारा क्लवको आयोजनामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

आजका विजेताले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैले आजका दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ ।

मनाङले क्याराभान गोल्डकपसहित १३ पटक सेमिफाइनल खेल्दा ११ पटक सेमिफाइनल जित्दै आहा ! रारा गोल्डकपको सर्वाधिक ६ पटक उपाधी उचालेको छ । ५ पटक भने उसले उपविजेतामा चित्त बुझाउ परेको छ ।

यस्तै त्रिभूवन आर्मी क्लवले आहा ! रारा गोल्डकपमा हालसम्म ६ पटक सेमीफाइनल चरणमा पुग्दा ४ पटकमा जित र २ पटक हार व्योहोरेको छ । फाइनल ४ पटकसम्म पुगेपनि ४ पटक नै उपविजेतामा घर फर्किनु परेको छ ।

यसो त आर्मी र मनाङको सेमिफाइनलमा यो भेट पहिलो भने होइन यसअघि पनि १८ औं आहा रारा गोल्डकपमा पनि यि दुई टिमको प्रतिस्पस्र्धा भएको थियो । जहाँ मनाङसंग ३ – २ अन्तरले पराजित हुँदै आर्मी उपाधी होडबाट बाहिरीन परेको थियो । यस्तै १४ औं संस्करणमा पनि मनाङसंग फाइनल प्रतिस्पर्धामा १ – ० ले आर्मी पराजित हुँदै उपविजेतामा सिमित हुन पुगेको थियो ।

आहा ! रारा गोल्डकपमा हालसम्म मनाङ र आर्मी फाइनल, सेमीफाइनल र क्वाटरफाइनल गरेर जम्माजम्मी ४ पटक आम्ने साम्ने भएका छन् ।

जसमा सबै खेलमा मनाङ विजयी भएको छ । आजको खेल विगतको बदला लिने गरि आर्मीले आहा राराको इतिहास रच्ने उद्देश्यका साथ खेल्दा मनाङ इतिहास दोह्राउने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छ ।

आजका विजेताले एपीएफसँग उपाधिका लागि खेल्ने छ । यसअघि हिजो भएको खेलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल शनिबार हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।