खेलाडीलाई प्रोत्साहन गर्न गाउँपालिकाद्धारा खेलमैदान निर्माण


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




पाल्पा । निस्दी गाउँपालिका–६ अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण गरिएको छ । निस्दी गाउँपालिकाको रु तीन लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको रु ४० हजार गरी रु चार लाखको लागतमा सिमलडाँडामा खेलमैदान निर्माण भएको हो ।

सोही बजेटमा रनगुवाटोलमा पनि खेलमैदान निर्माण गरिएको छ । अहिले खेलमैदान व्यवस्थित भएपछि पालिकास्तरीय खेल आयोजना गर्ने र त्यहाँका खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदका कार्यक्रममा जोड दिइने वडाअध्यक्ष मेखबहादुर सुनारीले बताए ।

व्यवस्थित खेलमैदान नहुँदा खेल खेल्न अप्ठ्यारो परेका बेला अब भने खेल खेलाउन र विभिन्न कार्यक्रम गर्न सजिलो पर्ने खेलकुद समन्वय समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले बताए । नवनिर्मित रनगुवा खेलमैदानमा आगामी माघ १४ गतेदेखि टोलस्तरीय भलिबल प्रतियोगिताको आयोजनासमेत गरिने जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।