पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका थप ७१७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ५५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २८९ जना, तनहुँका ३९ जना, गोरखाका नौ जना, लमजुङका ५६ जना र नवलपुरका ९९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ९९ जना, पर्वतका ४५ जना, बाग्लुङका ११७ जना, म्याग्दीका ३२ जना र मुस्ताङ जिल्लाका ४६ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९७ हजार ४०१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ५९८ पुगेको छ। भने, अहिले प्रदेशभर ७ हजार ३६८सक्रिय संक्रमित छन् । बिहीबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ।
आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका –३३ निवासी ५९ वर्षिय पुरुष र पोखरा –९ निवासी ६४ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३५ पुगेको निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





