पोखरा, माघ १३
गण्डकी प्रदेश स्तरीय सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्र्तघात भएको निश्कर्ष निकालेको छ । गण्डकीमा राष्ट्रिय सभा सदस्यको ३ सिटका लागि भएको निर्वाचनमा तीनै सिट जितेर सत्ता गठबन्धनले क्लिन स्वीप गरेपनि सत्ता गठबन्धनको मतभार घटेको थियो । निर्वाचनको समीक्षा गर्न विहीबार बसेको बैठकमा सत्तारुढ गठबन्धनले अन्र्तघातलाई चुनावी कमजोरीको रुपमा व्याख्या गर्दै त्यसलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाएको छ । सत्तारुढ गठबन्धनको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,‘समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने निर्णय भयो ।’
बैठकले गठबन्धनको आवश्यक्ता र औचित्यलाई राष्ट्रिय सभाको निर्वाचन र त्यसको परिणामले थप पुष्टि गरेको निश्कर्ष निकालेको छ । ‘प्रजातन्त्र, लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने हाम्रो निश्कर्ष छ’–विज्ञप्तीमा भनिएको छ ।
बैठकले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा बिजयी भएका सुरेश आले मगर, भुवनबहादुर सुनार र कमला पन्तलाई बधाई ज्ञापन गर्नुका साथै सत्तारुढ गठबन्धनको पक्षमा मतदान गर्ने, माहोल बनाउने, निर्वाचन सम्पन्न गर्न सघाउने सम्पूर्णमा एकमुष्ठ धन्यवाद ज्ञापन गरेको छ । साथै बैठकले बिजयी राष्ट्रिय सभा सदस्यहरुलाई देश, जनता, प्रजातन्त्र, लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन बैठकले अपिलसमेत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





