गण्डकी प्रदेशमा शुक्रबार थप ५१६ जना संक्रमण पुष्टि,एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     माघ १४ गते २०७८ मा प्रकाशित




गण्डकी । पछिल्लो २४ घण्टामा कास्कीमा २०७ जनासहित गण्डकी प्रदेशमा ५१६ जना संक्रमित थपिएका छन् । जसमा पिसिआरबाट २१४ जना र एन्टीजेनबाट ३०२ जना संक्रमित फेला परेका हुन् ।

योसहित गण्डकीमा कूल संक्रमितको संख्या ९७ हजार ९१७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गोरखामा २० जना, मुस्ताङमा एक, म्याग्दीमा २५, लमजुङमा ५२, तनहुँमा ४४, नवलपुरमा ४५, स्याङ्जामा ७३, पर्वतमा तीन र बागलुङमा ५५ जना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वको कावासोती नगरपालिका वडा नं.२ का ४६ वर्षका पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ सय ३६ जना पुगेको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमित निको भएसंगै गण्डकीमा निको हुने कूल संक्रमितको संख्या ८९ हजार २२४ जना पुगेका छन् । गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ७२ सय ५७ जना छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।