विवेकशील साझाका वडाध्यक्षसहित राष्ट्रिय नागरिक पार्टीमा प्रवेश


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७८ मा प्रकाशित




पोखरा ।

विवेकशील साझा पार्टीका वडा अध्यक्ष सहित विभिन्न पार्टीका २५ जना कार्यकर्ता राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् ।

विवेकशील साझा पार्टी पोखरा २१ का अध्यक्ष छबिलाल सुनारलाई राष्ट्रिय नागरिक पार्टीका सहमहामन्त्री सागर कार्की, केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनारले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सहमहामन्त्री सागर कार्कीले काँग्रेस, कम्युनिष्टले देशलाई वर्वादीतर्फ लगेको, जनता सिटामल नपाएर मर्नु परेको अवस्थामा कुनै सुधार नआएको कारण देशमा नयाँ पार्टीको आवश्यकता रहेको वताएका थिए ।

विषेश अतिथि केन्द्रिय सदस्य तथा प्रेस सल्लाहकार कृष्ण रानाभाटले वैकल्पिक राजनितिक शक्तिको रुपमा आएको राष्ट्रिय नागरिक पार्टीले शिक्षा र स्वास्थ्य निशुल्क तथा एक घर एक रोजगारको निति लिएको वताए ।

नागरिक पार्टीमा प्रवेश गरेका सुनारले जुन पार्टीमा पनि नेताहरु आफ्नो स्वार्थ पुरा गरेपछि गाउँ र जनताको वास्ता नगर्ने गरेकाले नयाँ पार्टीमा प्रवेश गरेर जनताको सेवा गर्ने वताए ।

कार्यक्रम केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनार, एकहाते रामदी टोलबिकास संस्थाका पुर्व अध्यक्ष हिमलाल पौडेल, मिर्मिरे बचत तथा ऋण सहकारीकी अध्यक्ष अनिता परियार, कृष्ण थापामगरले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।