तस्बीरः गुगलबाट
पोखरामा हुने भनिएको सृजना कप छात्ररछात्रा भलिबल प्रतियोगिता स्थगित भएको छ। कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा यही माघ १ गतेदेखि २२ गतेसम्म पोखरा रंगशालामा हुने भनिएको कास्की जिल्ला सामुदायिक मा।वि स्तरिय चौथो सृजना कप छात्ररछात्रा भलिबल प्रतियोगिता कोरोनाका कारण स्थगित भएको हो।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेपनि कोरोनाको जोखिम कायम रहेको र जिल्ला प्रशासन कार्यालय कास्कीले २५ जना भन्दा बढी भेला हुन रोक लगाएकाले प्रतियोगिता तत्काललाई स्थगित गरिएको आयोजक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्र पौडेलले जानकारी दिए। कोरोनाको जोखिम कम हुने वित्तिकै प्रतियोगिता गर्ने उनले बताए।।
प्रतियोगितामा यस वर्षदेखि बिजेतालाई दिइने राशी बृद्धि गरिएको छ। प्रतियोगितामा यस वर्ष छात्ररछात्रा दुबै तर्फको बिजेतालाई नगद १\१ लाख तथा उपबिजेतालाई नगद ५०/५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिए।।
पोखरामा पछिल्लो ३ बर्ष देखि विद्यालयदेखि नै भलिबल खेलको विकास गर्ने र खेलाडी उत्पादन गर्ने उद्धेश्यले निरन्तर रुपमा सृजना कप सामुदायिक मावि स्तरीय छात्ररछात्रा भलिबल प्रतियोगिता हुँदै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







