एकीकृत समाजवादीका नेता डा थापाको निधन


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित




नेकपा (एकीकृत समाजवादी)का नेता डा. दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

डा. थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए । संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका नेता डा. थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।