सोमबार गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमित थपिदा ९०० संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित




पछिल्लो २४ घण्टामा गण्डकीका थप ४२७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३९३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् ।

जसअन्तर्गत कास्कीका १२९ जना, तनहुँका ४३ जना, गोरखाका ९ जना लमजुङका ४३ जना र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ७९ जना, पर्वतका १६ जना, बाग्लुङका ५४ जना, म्याग्दीका ३४ जना, मुस्ताङ्गका दुई जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९९ हजार १४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ९०० जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९१ हजार ४५३ पुगेको छ। भने, अहिले प्रदेशभर ६ हजार २५६ सक्रिय संक्रमित छन् । सोमबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृतक कास्की जिल्ला पोखरा महानगरपालिका (१४ निवासी ८६ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३८ पुगेको निर्देशनालयले जनाएको छ ।

योसंगै नेपालभरी पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।