पोखरा । दुवै मिर्गौला फेल भएर अस्पातालमा उपचारत स्याङजा जिल्ला अर्जुनचौपारी घर भई हाल पोखरास्थित जिरोकिलोमिटर बसोवास गर्दै आएका २८ वर्षिय विमल पाण्डेले उपचारमा सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको भन्दै उनले सहयोगका लागि याचना गरेका हुन् ।
दुबै मिर्गौला फेल भएपछि उनको काठमाडौंमा उपचार गरिदै आएको दाजु विनोद पाण्डेले बताए । हामीले सरसापट गरेर उपचार गर्दै आएका छौं,उनले भने,‘हालसम्म ९÷१० लाख खर्च भइसक्यो, अब उपचारका लागि पैसा छैन ।’
थप उपचार गर्ने पैसा नभएपछि भाईलाई हाल गण्डकी मेडिकल कलेज पोखरामै राखेर हप्तामा ३ पटक डायलाईसिस गरिदै आएको दाजु विनोदले जानकारी दिए । उनले आर्थिक अभावमा डाइलाईसिस गर्नपनि समस्या परेको बताउँदै भने,‘हामीसँग भएको पैसा उपचारमा सिद्धियो, अब कसैले सहयोग गरेमात्र थप उपचार हुने अवस्था आयो, त्यसैले सहयोगको याचना गर्दछौं ।’
दाजु विनोदका अनुसार चिकित्सकले भाईको उपचारका लागि थप १० लाख लाग्ने बताएका छन् । उनलाई सहयोग चाहनेले उनको मोवाइल नम्वर ९८४६३११४५२ मार्फत सम्पर्क गरेर सहयोग गर्न सकिने परिवारले जनाएको छ ।
२ वर्ष पहिले प्रेसरले हानेपछि विमललाई ज्वरो र टाउको दुख्न शुरु भएको थियो । पछि चेकजाँच गर्दा दुबै मिर्गौला खराब भएर काम गर्न छाडेको रिपोर्ट आयो । त्यहि बेलादेखि उपचार शुरु गरिएपनि अझै निको नहुँदा परिवार पीडामा छन् । दैनिक ज्याला मजदुरी गर्दै परिवार पाल्दै आएका विमल आफै थलिएपछि उनको परिवारको पनि बिचल्ली भएको छ । मिर्गौला पीडित विमलको श्रीमती, ३ वर्षका छोरा र ५ वर्षका छोरी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







