खुल्ला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धर नियुक्त


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । सरकारले नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले मानन्धरलाई नियुक्त गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसअघि, शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो । तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।