गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप ४३५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९५६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २४३ जना, तनहुँका २६ जना, गोरखाका सात जना लमजुङका २८ जना र नवलपुरका १८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ५७ जना, पर्वतका पाँच जना, बाग्लुङका २८ जना, म्याग्दीका १९ जना, मुस्ताङ्गका तीन जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९९ हजार ५८२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ४२८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९१ हजार ८८१ पुगेको छ। भने, अहिले प्रदेशभर ६ हजार २६२ सक्रिय संक्रमित छन् । मंगलबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृतक कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका -४ निवासी ८४ वर्षीया वृद्धा छिन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३९ पुगेको निर्देशनालयले जनाएको छ ।
यससंगै देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीका एक गरि कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । मंगलबार ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







