अन्र्तराष्ट्रिय उसु खेलाडी तथा मेडलिष्ट झरना गुरुङद्वारा खेल सामग्री वितरण


     एभरेस्ट आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित




पोखरा, माघ १९

अन्र्तराष्ट्रिय उसु खेलाडी तथा मेडलिष्ट झरना गुरुङले आफ्नो गृह गाउँमा खेल सामग्री वितरण गरेकी छन् । दक्षिण एसियाली खेलकुदमा रजत पदक बिजेता तथा अन्र्तराष्ट्रिय उसु खेलाडी झरनाले आफ्नो जन्मस्थल माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ कुदी, छ्हरा,ल्वाङघलेललगायतका क्षेत्रका खेल संस्थाहरुलाई खेल सामग्री वितरण गरेकी हुन् ।

प्रमुख अतिथिका रुपमा उपस्थित खेलाडी झरनाले इन्द्रेणी युवा क्लब,ईदिखोला, लालुपाते युवा क्लब,खोरामुख, फेरी भेटौंला युवा क्लब,साखु,नयापुल, सूर्योदय युवा क्लब,ठाटी, ग्रीनहिल क्लब,ल्वाङ, निश्चल झरना युवा क्लब,लुम्रे, बौद्ध सृजना युवा क्लब,घलेल, लालीगुरास युवा क्लब,कालीमाटीलगायतका खेल संस्थाहरुलाई फुटबल, भलिबल र जर्सीहरु वितरण गरेकी हुन् । उनले करीब २५ हजार बराबरको खेल सामग्री वितरण गरेको जनाइएको छ ।

कार्यक्रममा बोल्दै खेलाडी झरनाले आफूले कमाएको केहि अंश सामाजिक क्षेत्रमा योगदान गर्ने उद्धेश्य अनुरुप आफ्नो जन्मस्थल वरपरका क्षेत्रमा रहेका खेल संस्थाहरुलाई सहयोग गरेको बताईन् । उनले आगामी दिनमापनि यस्ता सामाजिक कार्य गरिरहने प्रतिबद्धता जनाईन् ।

कार्यक्रममा बौद्ध सृजना युवा क्लब,घलेल एबम पोखरा क्यानोनिङका सन्चालक रामबहादुर गुरुङ, (एम के बाकेलाल स्पोर्ट्स)का सञ्चालक मोहन कुवरलगायतले पनि बोलेका थिए ।
युवा बिकास तथा खेलकुद समन्वय समिति माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ल्वाङघलेलका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लालीगुरास युवा क्लब,कालीमाटीका अध्यक्ष हरिप्रसाद पौडेलले स्वागत र जापान गुरुङले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।