चुनावमा रुख चिह्न नचिन्ने, नदेख्ने र अन्तर्घात गर्नेलाई ठामको ठाम कारवाही हुन्छ : उपसभापति गुरुङ


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित




कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी भित्र अन्तर्घात गर्नेलाई अबदेखि ठाउँको ठाउँ कारवाही हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरा महानगरपालिका वडा नम्बर ३ मा स्थापना गरेको प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति गुरुङले कांग्रेसको अर्जुनदृष्टि अब चुनाव भएको बताए । उनले भने,‘जसले चुनावको दिन कांग्रेसको चुनाव चिह्न रुख देख्दैन, चिन्दैन वा कांग्रेसको उम्मेद्वारबिरुद्ध उभिन्छ, त्यसलाई अन द स्पट कारवाही हुन्छ ।’ २०७९ साल चुनावी वर्ष हुने भन्दै उनले संविधानको अक्षरश पालना गरेर वर्तमान सरकारले चुनाव गर्ने बताए ।

उपसभापति गुरुङले वर्तमान सरकार परमादेशबाट नभई जनादेशबाट बनेको दाबी गरे । आफू दुई तिहाईको सरकार चलाउन नसक्ने अनि आरोप लगाउने ? भन्दै उनले भने,‘वर्तमान सरकार जनादेशकै सरकार हो । जनमतबाट निर्वाचित बहुमत सांसदको हस्ताक्षर पश्चात सर्वोच्चले फैसला गरेकाले यसलाई परमादेशबाट बनेको भन्न मिल्दैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।