क्षेत्रीय होटल संघ तनहुँ डुम्रे बजार इकाईको सभापतिमा थापा


     एभरेस्ट आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित




क्षेत्रीय होटल संघ तनहुँको डुम्रे बजार इकाईको सभापतिमा सन्तोषबहादुर थापा सर्वसम्मत चयन भएका छन्।

इकाईको सम्पन्न आठौं अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

संघको प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ, द्वितिय उपाध्यक्षमा विष्णु थकाली, सचिवमा महेन्द्र शाही, सह–सचिव सुजना श्रेष्ठ, कोषाध्यक्षमा ईश्वर लामिछाने छन्।

यस्तै, सदस्यहरूमा हरिराम थापा, पदम थापा, सुनिल अधिकारी र अरूण श्रेष्ठ छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।