डा. बाबुराम भट्टराईको कम्युनिष्टप्रति व्यंग झटारो


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित




जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्टप्रति व्यंग झटारो कसेका छन्।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत यहाँका कम्युनिष्टहरुलाई नामधारी कम्युनिष्ट कण र नालायकको संज्ञा दिएका छन्।

उनले नामधारी कम्युनिष्टहरुले बिप्पा र एमसीसीबारे गैरजिम्मेवार र हास्यास्पद हर्कत देखाएको ट्वीट गरेका छन्।

बिप्पा र एमसीसीबारे कम्युनिष्ट सिद्धान्त प्रतिपादक कार्ल माक्र्सलाई जोडेर उनले यहाँका कम्युनिष्टलाई नालायकको व्यंग कसेका छन्।

‘कम्युनिष्ट नामधारी आँखामा पट्टी बाँधेका कणहरुको बिप्पादेखि एमसीसीसम्मको गैरजिम्मेवार र हास्यास्पद हर्कतलाई हेर्दा बुढा माक्र्सले आफ्ना चेला दाबी गर्ने नालायकहरुलाई दुत्कार्दै भनेको यो भनाई याद आयो भन्दै उनले ट्वीट गरेका छन्, ‘मैले अजिङ्गरको दा¥हा रोपेर भुसुना फलाएछु।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।