काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले पार्टीका पूर्वअध्यक्ष कमल थापाले सो दल परित्याग गर्न आज गरेको घोषणाप्रति दुःख प्रकट गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज काठमाडौँमा उपलब्ध पदाधिकारीको बसेको आकस्मिक बैठकले दलबाट अलग हुने थापाको निणर्यमा पुनःविचार गर्न अनुरोध गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए ।
बैठकले उक्त घटनाबाट सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकलाई विचलित नहुन आग्रह गर्दै महाधिवेशनले तय गरेको कार्यनीति, राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापनालगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित नभई अगाडि बढने निर्णय गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई बैठकले आह्वान गरेको छ । गत मङ्सिरमा महाधिवेशनमा अध्यक्ष पदमा पराजित थापाले हालका अध्यक्ष लिङ्देनले महाधिवेशनमा पराजित नेतालाई एकलौटी रूपमा कार्यसमितिमा मनोनित गरेको भन्दै विरोध गर्दै आएकामा आज पार्टीबाट अलग हुने निर्णय गरेका हुन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






