गाजा र लागुऔषध सहित तनहुँबाट ३ जना पक्राउ


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

जिल्ला प्रहरी कार्यालय तनहुँले तनहुँका विभिन्न ठाउँबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

स्याङ्जाको हरिनास गाउँपालिका–४ बस्ने १८ वर्षीय प्रदीप मानन्धर गाजा सहित पक्राउ परेका हुन्। रामपुरबाट पोखरा जाँदै गरेको ग १ ख ७७२१ नम्बरको बस शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चेकजाँच गर्दा प्रहरीले मानन्धरलाई ९७० ग्राम गाजासहित पक्राउ गरेको हो।

यस्तै लागुऔषध सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–९ बस्ने १९ वर्षीय रन्जन अली र बेनी नगरपालिका–५ बस्ने २२ वर्षीय शिशिर बोहरा सार्की छन्। उनीहरुलाई अस्थायी प्रहरी पोष्ट पुलजीपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट लागुऔषध सहित पक्राउ गरेको हो।

प्रहरीले निजहरुको साथाबट २५ एम्पुल नुफ्रिन, २५ एम्पुल डाइजेपाम र २५ एम्पुल फेनरागन बरामद गरेको हो। पक्राउ परेकाविरुद्ध मंगलबार नै तनहुँ अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।