तस्बीरः एजेन्सी
गोरखा जिल्लाका ३ स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन्।
सिरानचोक, अजिरकोट र धार्चे गाउँपालिकामा हाल कोरोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको हो।
जिल्लामा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ।
सबैभन्दा बढी गोरखा नगरपालिकामा २५ र सबैभन्दा कम शहिद लखन र बारपाक सुलिकोटमा ५/५ जना संक्रमित छन्। त्यस्तै, आरुघाट गाउँपालिकामा २३, चुमनुव्री गाउँपालिकामा १६, पालुङटार नगरपालिकामा ७, भीमसेन थापा र गण्डकी गाउँपालिकामा ६/६ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







