बागलुङ । बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ । पार्टी कार्यालयका लागि कांग्रेस बागलुङले छोटो समयमै घडेरी व्यवस्थापन गरिसकेको छ । १४ औँ महाधिवेशनपश्चात सभापति जीत शेरचनले निर्वाचनपछि आफ्नै पार्टी कार्यालय बनाउने घोषणा गरेका थिए ।
अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउने अभियान अन्तर्गत बागलुङ नगरपालिका–३ नारायणचोकमा १४ आना जग्गा व्यवस्थापन भइसकेको र भवन निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए । शेरचनले रु दुई करोड पाँच लाखमा जग्गा खरिद गरेर भवन निर्माणको लागि नक्शाको काम भइरहेको बताए ।
सुविधा सम्पन्न पार्टी कार्यालय बिपी स्मृति भवन निर्माणका लागि अहिले नेपाली कांग्रेसका नेता तथा शुभेच्छुकहरुले धमाधम सहयोग प्रदान गरिराखेका छन् । शेरचनले सुविधा सम्पन्न भवन निर्माणका लागि पाँच करोड खर्च अनुमान गरिएको बताए । जग्गा खरिदसहित भवन निर्माणका लागि पार्टीले अहिलेसम्म विभिन्न व्यक्तिबाट रु ३० लाख सङ्कलन गरिसकेको छ । कांग्रेस बागलुङले जग्गा खरिद, भवन निर्माण र कार्यालय सञ्चालनका लागि कोष निर्माण गर्न भन्दै आफूहरुको रु १० करोड उठाउने लक्ष्य रहेको जनाएको छ ।
पार्टी कार्यालयको लागि १० आनामा भवन बन्ने छ । भवन ६ तलाको बन्ने सभापति शेरचनले बताउनुभयो । उहाँले दुई वर्षमा पार्टीको कार्यालय निर्माण भइसक्ने बताए। अहिले बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोक नजिकै घर भाडामा लिएर पार्टीको कार्यालय सञ्चालन गरिदै आएको छ । कार्यालय सञ्चालनका लागि पार्टीले मासिक २० हजार घर भाडा तिर्दै आएको छ । भवन सभाहलसहितको हुनेछ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






