साङ्केतिक तस्विर
कास्की । लागु औषध सहित जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महागनरपालिका वडा नं.२७ बागदीखोला बस्ने वर्ष २७ का सरोज कुमाललाई पक्राउ गरेको हो ।
कुमालको साथबाट लागू औषध डाईजापाम-४६ एम्पुल, फेनारगन-४३ एम्पुल र नुर्फिन-४३ एम्पुल गरी १३२ एम्पुल लागू औषध लगाएत मोबाईल थान १ र नगद १८ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाइने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







