फाइल तस्बीर
माघ २६ काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले उज्यालोलाई जानकारी दिए ।
स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको शर्माले बताए ।
बोर्डले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







