बागलुङमा मोटरसाइकल दुर्घटना, २ जना गंभीर घाइते


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित




बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गंभीर घाइते भएका छन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा २ जना गंभीर घाइते भएको प्रहरीले जनाएको छ।

निसीखोलातर्फ जाँदै गरेको लु ५१ प ५८५२ नम्बरको मोटरसाइकलले बडिगाड गाउँपालिका वडा नम्बर ६ को एक्लेखेत नजिकै पैदलयात्री वडा नम्बर ६ ठूलाबेसीका १३ वर्षीय अन्जान थापालाई ठक्कर दिँदा उनी र मोटरसाइकलमा सवार अर्दुका एक जना घाइते भएका हुन्। थापाको खुट्टाको र टाउकोमा गम्भीर चोट लागेको छ।

यस्तै, मोटरसाइकलको पछाडि बसेका निसीखोला गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय नवीन चन्द पनि गंभीर घाइते भएको प्रहरीले जनाएको छ।

दुवै घाइतेलाई पाल्पा रिफर गरिएको बताइएको छ। मोटरसाइकल चालक निसीखोला गाउँपालिका वडा नम्बर ३ का लोकबहादुर चन्दको अवस्था भने सामान्य छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।