लमजुङ कोरोना अपडेटः ४५ जना कोरोना संक्रमण मुक्त


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

लमजुङमा बुधबार एकै दिन ४५ जना कोराना संक्रमण मुक्त भएका छन्।

बुधबार नै २ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घण्टामा जिल्लामा २५ जनाको एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पोजेटिभ देखिएको हो।

संक्रमण पुष्टि हुनेमा बेसीशहर नगरपालिका अन्र्तगतका २ जना छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार थपिएका संक्रमित सहित जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७४ पुगेको छ। जसमध्ये ८६ जना महिला र ८८ जना पुरुष छन्।

जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये बेसीशहर नगरपालिका अन्र्तगत ६३ जना, सुन्दरबजारका १९, मध्यनेपालका ११ र राइनास नगरपालिकामा २४ जना छन्।

त्यस्तै, दुधपोखरीका १५ जना, मस्र्याङदीका १८, दोर्दीका ३ जना र क्व्होलासोँथर गाउँपालिकाका २ जना छन्। लमजुङ जिल्लादेखि वाहिरका १९ जना छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।