यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ देखि २० गतेसम्म एसइई परीक्षा गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस संक्रमणका कारण विगत २ वर्ष एसइईको आन्तरिक मूल्यांकनबाट गरिएको थियो। त्यसअघिका एसइई परीक्षा भने चैत महिनामा हुँदै आएको थियो। यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा संचालन गर्ने निर्णय गरेको जनाएको छ। यस वर्षको परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान छ।
परीक्षा तालिका

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







