पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्दै


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : पशुपतिनाथ मन्दिर परिसर ।

पशुपतिनाथ मन्दिर भोलि (शुक्रवार)देखि खुल्दैछ।

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि खुल्ला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको हो।

कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौको माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो। कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो।

हिँजो बुधबार जारी सूचनामा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर भोलिदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ। कोरोना संक्रमण बढ्न थालेपछि माघको ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।