नेकपा (माओवादी केन्द्र) को आजदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
कोभिडका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले बताएको छ।
यसअघि, माओवादी केन्द्रले माघको २८ र २९ गते केन्द्रीय समितिको बैठकको तय गरेको थियो।
महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन र बैठकले पदाधिकारी चयनलगायत अन्य निर्णय गर्ने जनाइएको थियो।
आवश्यक तयारी पूरा भएपछि अर्को बैठकको मिति तय गरिने माओवादी केन्द्रले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





