शुक्रबार गण्डकीमा ४३४ संक्रमणमुक्त हुँदा ७० जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित




कास्की । पछिल्लो २४ घण्टामा गण्डकीका थप ७० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २१६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २५ जना, तनहुँका ४ जना, लमजुङका ९ जना र नवलपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ११ जना, पर्वतका ४ जना, बाग्लुङका ६ जना, म्याग्दीका ७ जना र मनाङ जिल्लाका २ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १३१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३४ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९८ हजार १२३ पुगेको छ। भने, अहिले प्रदेशभर १ हजार ७२८ सक्रिय संक्रमित छन् ।

शुक्रबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा लमजुङ जिल्ला क्होलासोथर गाउँपालिका (८ निवासी ९१ वर्षीय वृद्ध छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५९ पुगेको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।