गण्डकीका सबै अस्पतालमा बायोमेडिकल ईन्जीनियर राख्ने तयारी


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित





पोखरा

एक पछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी पनि सुरु गरेको छ ।
मन्त्रालयले स्वास्थ्य निति जारी गरेपछि निति भित्र रहेका बिषयहरुलाई एक पछि अर्को गर्दै कार्यान्वयनमा लैजाने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिइन् । उनले अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रीएपछि बनाउन बर्षौं लाग्ने अबस्थाको अन्त्य गर्न जरुरी रहेको औंल्याईन् ।
पोखरामा सुरु भएको ट्रमा केयर तालिमको उदघाटन गर्ने क्रममा मन्त्री अधिकारीले गुणस्तरीय सेवाका लागि भएका उपकरणहरु सहि अबस्थामा राख्न सक्ने हुनका लागि योग्य जनशक्ति आबस्यक रहेको मन्त्रालयले महशुस गरेकोले सोही अनुसार अगाडि बढिने बताईन् । स्वास्थ्य आम मानिसको पहुँचमा पुग्ने स्वास्थ्य निति बनाइएको छ , अब त्यो अनुसार काम अगाडी बढ्छः उनले भनिन् । कोरोना संक्रमणको समयमा राज्यले स्वास्थ्यमा लगानी गरेपछि त्यो लगानीलाई दिर्घकालिन बनाउन उजुरी रहेको उनको जोड थियो । प्रदेशका बिभिन्न स्थानमा रहेका अक्सीजन प्लान्ट अहिले प्रयोग बिहिन बनेको आफुलाई जानकारी आएको भन्दै उहाँले र्निमाण मात्र ठुलो कुरा हाईन प्रभावकारी हुने, नहुने मुख्य कुरा भएको बताईन् ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. डिल्लीराम तिवारीले आजको अबस्थामा पहाडी ईलाकामा ट्रमाको महत्व झन बढी रहेको बताईन् ।
ालिमको उदघाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य ढकालले निःशुल्क रगत प्राप्त गर्ने ब्यबस्था आम नागरीकका लागि एक एतिहासिक महत्वको र्निणय भएको बताए । स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनमा आफुहरु सन्तुष्ट रहेको उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।