४ देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानमाथि ६ विकेटले जितेको छ।
अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाँकी छदा ४ विकेट गुमाएर पुरा गरेको थियो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे। दिपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का हिर्काए। दिपेन्द्रको टी–ट्वान्टीमा यो सर्वाधिक रन हो। यसअघि, उनले ६० रन बनाएका थिए।
आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषवाकरले अविजित ४ रन जोडे। ओमानका कलिमुल्लाहले २ विकेट लिए। खवार अलीले १ विकेट हात पारे।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो। ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे।
९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे। जातिन्दर सिंहले १३, अयान खान ११ तथा कश्यप प्रजापतिले ११ रन जोडे। नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले १÷१ विकेट हात पारे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







