नेपाली कांग्रेस पोखरा-६ बैदामको ३ नम्बर टोल समितिको सभापतिमा लामिछाने


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७८ मा प्रकाशित




पोखरा, माघ २९ ।
नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित ३ नम्वर टोल समिति सभापतिमा विकास लामिछाने चयन भएका छन् । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट लामिछानेलाई सर्वसम्मत सभापतिमा चयन भएका हुन् । टोलको उपसभापतिमा गिता देबी पहारी र विपिन पौडेल, सचिवमा शारदा लम्साल, कोषाध्यक्षमा सन्देश दाहाल र सहसचिवमा आलोक पहारी चयन भएका छन् ।
यसैगरी टोल समितिको कार्यसमिति सदस्यमा उमा लामिछाने, निर्मला बोगटी, भुपाल भित्राकोटी,विमल थापा, हेमराज पराजुलि र दिवश लामिछाने रहेका छन् ।
नवनिर्वाचित सभापति लामिछाने टोल भित्रका सबै कांग्रेसीहरुलाई गोलवन्द गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले विगतका तुलनामा कांग्रेसको जनलहर बढ्दै गएको स्पष्ट पारे ।
बैदाम क्षेत्रमा रहेका स्कुलपाटन, समिको पाटन, किमबारी र बाराही चोकलाई गोलबद्ध गरि टोललाई ३ नम्बर नामाकरण गरिएको सचिब प्रकाश न्यौपाने जानकारी गराए । शनिबार नै इकाई ६ बैदामले टोलमा रहेका जेष्ठ नागरिक सदस्यहरुलाई दोसला ओढाइ सम्मान गरेको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाली कागे्रस गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले पार्टीको सबैभन्दा महत्वपूर्ण मेरुदण्ड टोल समिति भएको बताए । आगामि बैशाख ३० गते हुने स्थानिय चुनाब को तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने ,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उनको को भनाई थियो ।
कास्की कागे्रसका स.सचिब तथा वडा प्रतिनिधि शंकर ढुङ्गानाले नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना रहेको बताए । उनले टोल समितिमार्फत नै पार्टीलाई बलियो बनाउँदै कांग्रेसलाई देशको अगुवा पार्टी बनाउन आवश्यक रहेको बताए ।
नेपाली काङ्ग्रेस पोखरा महानगर पालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने बताए । उनले चुनावमा कांग्रेसका उमेदवारहरुलाई आफ्नो एजेण्डा सहित मतदाताहरको घरमा गई, बुझाउन सके मात्र जित सुश्चित हुने कुरामा सुझाब दिए ।
टोल सभापति प्रभा पौडेल सुवेदीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रतिनिध देवेन्द्र के.सी, नगर सचिब गणेश बहादुर थापा, पूर्व महिला संघ सभापति अन्नपूर्ण कुवँर, बैदाम ६का नेविसघं सभापति विष्णु पहारी, क्षेत्रिय प्रतिनिधि बलराम गिरीर सल्लाहकार तेजनारायण पराजुलि लगाएतका बक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधान अनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने खाँचों औल्याएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।