स्याङ्जा । सिद्धार्थ बहुमुखी क्याम्पस फेदीखोलाको अध्यक्षमा लक्ष्मी प्रसाद बराल चयन भएका छन् ।
स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित क्याम्पसको शनिबार सम्पन्न भएको पाँचौ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालका समिति सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा देउकुमारी गुरुङ, डिलबहादुर मिजार, उमाकान्त सुवेदी, दयाराम लामिछाने, टिकाराम पौडेल, लेख बहादुर जिसी, गोविन्द सुवेदी, बल बहादुर गोदार, गुरुदत्त पौडेल, धनराज केसी, प्रकाश श्रेष्ठ, भिम बहादुर खत्री चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालक समितिलाई निर्वाचन संयोजक अधिवक्ता गिरीधारी सुबेदीले सपथ ग्रहण गराए थिए । यसअघि फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
यसैविच नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले विभिन्न निर्णय गरेको छ । समितिले क्याम्पसको पठनपाठनसंगै प्राविधिक शिक्षालाई जोड दिनका लागि एक जना कम्प्यूटर शिक्षकको दरवन्दी गर्ने , क्याम्पस बसका लागि भारतीय दूतावाससँग सहयोगका लागि माग गर्ने र क्याम्पस सञ्चालनका लागि आयोजना गरिएको महायज्ञमा उठ्न बाँकी रकम संकलनका लागि ताकेता गर्ने निर्णय गरेको सञ्चालक समितिका नवनिर्वाचित सदस्य बलबहादुर गोदारले जानकारी दिए ।
यस्तै समितिलाई आगामी फाग्न ९ गेत बस्ने दोस्रो बैठकमार्फत ४ जना सदस्य थप मनोनित गर्र्दै पूर्णता दिइने जनाइएको छ ।
क्याम्प्समा व्यवस्थापन र शिक्षा संकायमा पठन पाठन हुँदै आएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो ।…






